मन्त्रिपरिषदको आकस्मिक बैठक शुरु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक भर्खरै शुरु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएपछि नकापमा खैलाबैला मच्चिएको छ ।
मन्त्रीहरुलाई विहान खबर गरेर बैठकको सूचना दिइएको थियो । मन्त्रिपरिषदको नियमित बैठक सोमवार हुने गरेपनि आज आकस्मिक ढंगले बैठक बोलाइएको एक मन्त्रीले बताएका छन् ।
अध्यादेश फिर्ता नलिएपछि प्रचण्ड–माधव नेपाल पक्षले अर्को कदम चाल्ने चेतावनी दिइरहेका बेला बस्न लागेको बैठकले के निर्णय गर्छ भनेर अर्थपूर्ण तरिकाले हेरिएको छ ।

