प्रधानमन्त्रीले किन डाके मन्त्रिपरिषदको आकस्मिक बैठक ? - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रधानमन्त्रीले किन डाके मन्त्रिपरिषदको आकस्मिक बैठक ?



काठमाडौं । सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

अहिले बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ९ः४५ मा बैठकमा उपस्थित हुन भनिएको छ ।

आजै नेकपाको स्थायी कमिटि बैठक बस्ने तय भएको छ । ओली सो बैठकमा सहभागी हुने–नहुने स्पष्ट छैन । मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेपछी विभिन्न अड्कलबाजी चलिरहेका छन्।

शनिबार भेटघाट तीव्र पारेका ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवास खुमलटार पुगेर स्थायी कमिटिमा पेश प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । प्रचण्डले त्यसलाई अस्वीकार गरे ।