वामदेव गौतम फेरि प्रधानमन्त्री ओलीकै कित्तामा फर्किए
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले एकाएक बोली फेरेका छन् । पार्टीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाललाई साथ् दिइरहेका नेता गौतमले एकाएक बोली फेरेका हुन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो स्थायी कमिटि बैठकमा अब वामदेव गौतमलाई प्रधानमन्त्री बनाउँ भन्ने उधारो प्रसताव गरेसंगे गौतम मोडिने आंकलन धेरैले गरेका थिए ।
पछिल्ला केहिदिन मौन रहेका नेता गौतमले प्रधानमन्त्री ओलीलाई नै बल पुग्ने हिसावले अभिव्यक्ति दिएपछि नेकपामा तरंग फैलिएको छ । प्रचण्ड-नेपाल समुहमा खुलेर लागेका गौतमले शुक्रबार भने आफू कुनै पनि गुटको भेलामा नजाने बताए ।
शुक्रबार प्रचण्ड–नेपाल समूहको भेलामा अनुपस्थित गौतमले भनेका छन्, ‘म कुनै पनि भेलामा जान्नँ, अहिले भेला गर्ने वेला होइन ।’
पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई गरेको प्रस्तावलाई लिएर पार्टी वृत्त र बाहिर पनि गौतम मोडिने चर्चा भैरहेको थियो । यसअघि पनि प्रधानमन्त्री ओलीको उधारो प्रलोभनमा दर्जनौँ पटक चिप्लिएका गौतम अहिले पनि ओलितिरै मोडिन सक्ने आंकलन केहि नेताहरूले गरेका छन् ।
यता शनिबार प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि गौतम पनि खुमलटार पुगेका थिए । छलफल भैरहेको समयमा खुमलटार पुगेपछि उनीपनि केहीबेर बैठकमा बसे तर बैठक सकिएलगत्तै प्रधानमन्त्री ओलीसंगै उनि पनि निस्किए । अन्य समयमा प्रचण्डसँग लामो छलफल गर्ने गौतम आजको छलफल सकिएलगत्तै बाहिरिनुलाई पनि उनी फरिएको भन्न सकिने अवस्था छ ।
यधपी गौतमले पार्टीका बैठक नछाड्ने बताएका छन् ।