खुमलटारबाट ओली र गौतम निस्किए: प्रचण्ड-नेपाल छलफलमा - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

खुमलटारबाट ओली र गौतम निस्किए: प्रचण्ड-नेपाल छलफलमा



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली प्रचण्ड निवास खुमलटारबाट निवासबाट बाहिरिएका छन्।

छलफल भैरहेको समयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल खुमलटार पुगेपछि प्रधानमन्त्री ओली निस्किएका हुन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि शनिबार बिहान ११ बजे खुमलटार पुगेका प्रधानमन्त्री ओली १ घण्टा १५ मिनेट बसेर बाहिरिएका हुन्।

सो समयमा प्रधामन्त्री ओलीले झण्डै ४५ मिनेट प्रचण्डसँग एक्लै र त्यसपछि उपाध्यक्ष वामदेव गौतमसहित थप आधा घण्टा संयुक्त छलफल गरेका थिए।

करिव सावा १२ बजे वरिष्ठ नेता नेपाल पुगेलगत्तै प्रधानमन्त्री ओली बारिएका थिए भने त्यसको कही समयमै उपाध्यक्ष गौतम पनि बाहिरिएका थिए ।

अहिले खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच छलफल भइरहेको छ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको पुगेका बेला पार्टी कार्यालयमा राखिएको स्थायी समितिको बैठकमा समेत सुरक्षा थ्रेट देखाउँदै नगएका प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न पुग्नुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।