सबै जिल्लाका नेताहरूलाई प्रचण्ड-नेपाल समूहले काठमाडौं डाके - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

सबै जिल्लाका नेताहरूलाई प्रचण्ड-नेपाल समूहले काठमाडौं डाके



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगिरहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सातवटै प्रदेशका जिल्ला अध्यक्षलाई काठमाडौंमा बोलाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको भेलामा शुक्रबार प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष र सचिव सहभागी हुने स्रोतले जानकारी दियो । भेलामा सहभागी एक जिल्ला सचिवकाअनुसार अध्यक्ष प्रचण्ड र नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘पार्टीबाट खबर आएपछि हामी अहिले जिल्लाबाट राजधानी आएर बसेका छौं’, ती जिल्ला सचिवले भने, ‘आजको भेलामा ओली पक्षलाई खबर गरिएको छैन् । सम्भवतः आज पार्टीभित्र गहिरिएको संकटबारे नेतृत्वबाट ब्रिफिङ हुन्छ होला ।’

आजको भेलामा प्रदेश नम्बर १ का १४ जिल्लाका अध्यक्ष, सचिव र सोही प्रदेशबाट केन्द्रीय सदस्यहरु सहभागी हुने नेकपाका एक नेताले जानकारी दिए । क्रमशः अन्य प्रदेशका जिल्ला अध्यक्ष, सचिवलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले आफू इतहरका जिल्लास्तरिय नेताहरुसँग छलफल गरिसकेका छन् ।