पेरिसडाँडामा प्रचण्ड-नेपाल समुहको छुट्टै भेला: यस्तो छ तयारी
काठमाडौं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र आन्तरिक संकट बढिरहेका बेला दुवै पक्षले आफ्ना गतिबिधि झन् बढाएका छन् ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षले आन्तरिक र बाह्य रणनीति बढाएका छन् । यससंगै दुवै पक्षले आफ्ना गुटका भेला पनि तीव्र पारेका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश १ का प्रचण्ड-नेपाल पक्षीय नेताहरूको भेला आयोजना गरिएको छ ।
भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिव, १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको प्रदेश कमिटीका सचिव सुरेशकुमार राईले जानकारी दिए ।
उनले नेकपामा चलिरहेको अन्तर्द्वन्द्वलाई सही ढंगबाट नेता कार्यकर्तालाई बुझाउने उद्देश्यले भेला आयोजना गरिएको बताए ।