अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले किन बोलाए संवैधानिक परिषद बैठक ? - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले किन बोलाए संवैधानिक परिषद बैठक ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सहमति गरेको २४ घण्टा नबित्दै फेरि संवैधानिक परिषद् बैठक बोलाएका छन्। बैठक बोलेको खबरले नेकपामा खैलाबैला मच्चिएको छ ।

बुधबार बालुवाटारमा बसेको नेकपा स्थायी कमिटी बैठकमा सोमबार जारी गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय भएको थियो।

यो निर्णयपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताका लागि आजै मन्त्रिपरिषद् बैठक बस्दैछ। यस्तोमा ओलीले बिहीबार साँझ साढे ५:३० बजेका लागि संवैधानिक परिषद् बैठक डाकेका हुन्।

बुधबार भएको सहमति विपरीत ओलीले परिषद् बैठक बोलाएका हुन्। संवैधानिक परिषद् बैठकका लागि ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई पनि खबर गरिसकेको स्रोतले जनाएको छ।

तर ओलीले आजै साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। जुन बैठकले सोमबारको अध्यादेश खारेजीका लागि अर्को अध्यादेश ल्याउने तयारी गरिरहेको छ।