२४ घण्टा नबित्दै प्रधानमन्त्रीले सहमति उल्टाए: नेकपामा हङ्गामा - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

२४ घण्टा नबित्दै प्रधानमन्त्रीले सहमति उल्टाए: नेकपामा हङ्गामा



काठमाडौँ- सत्तारुढ दल नेकपामा विवाद समाधान भैरहेको आंकलन गरिएकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषदको बैठक बोलाएका छन् । अध्यादेश फिर्ता गर्ने सहमति गरेको २४ घण्टा नबित्दै उनले बैठक बोलाएपछि नेकपामा हङ्गामा मच्चिएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार गरेको सहमति लत्याउँदै पुनः बिहीबार साँझ ५:३० बजे संवैधानिक परिषद्‍ बैठक बोलाएका छन् । उनले परिषद्‍ बैठकको लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।

ओलीले मंगलबार बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुग्यो । तर सोही दिन बेलुका अध्यादेश पछि नयाँ बैठक बस्यो । उक्त बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रियसभा अध्यक्ष रहेका थिए ।

त्यसपछि बुधबार सत्तारुढ दलका पुष्पकमल दाहाल र माधव नेपाल पक्षधरले राष्ट्रपतिसँग विशेष अधिवेशन माग गरेपछि प्रधानमन्त्रीले अध्यादेश फिर्ता गर्ने र दाहाल, नेपालले संसद अधिवेशनको माग फिर्ता गर्ने सहमति भएको थियो ।