सकियो नेकपा विवाद: दुई अध्यक्षले गरे यस्तो सहमति - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सकियो नेकपा विवाद: दुई अध्यक्षले गरे यस्तो सहमति



काठमाडौं- नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पुन: छलफलमा जुटेका छन्। यस अघि आज नै उनीहरुबीच छलफल भएको थियो। नेकपा नेताहरु स्थायी कमिटी बैठकका लागि बालुवाटर पुगे पनि अन्यौलमा छन्।

आज नै दाहाल र माधव नेपाल पक्षका सांसद संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर बोकेर राष्ट्रपति निवास पुगेपछि ओलीले दाहालाई पुन: छलफलमा बोलाएका हुन्। स्रोतका अनुसार फोनमा ओलीले हस्ताक्षर फिर्ता गराउन दवाव दिएका थिए।

नेकपा भित्र चरम विवाद देखिएपछि मंसिर २१ बाट स्थायी कमिटी बैठक सुरु भएको थियो। पार्टी भित्र देखिएका विवादबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी अघि मंगलबार सरकारले संवैधानिक परिषद सम्वन्धी अध्यादेश जारी गरेपछि संकट उच्च विन्दुमा पुगेको छ।

दाहाल लगाय सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्। अध्यादेशबारे स्थायी कमिटीमा छलफल हुने नेताहरुले बताएका छन्।

काठमाडौँ- सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि दुई अध्यक्षबीच सहमति बहेको छ । आज बैठक अगाडी बालुवाटारमा सुई अध्यक्षविच सहमति बहेको बताइएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भदौ २६ गते स्थायी समितिले गरेको निर्णयकै आधारमा अघि बढ्ने सहमति भएको स्रोतले जनाएको छ । त्यस्तै स्थायी कमिटि बैठकअगाडी दुई अध्यक्षले संयुक्त प्रस्ताव बैठकमा लैजाने समेतको समहती भएको बताइएको छ ।

स्थायी समितिको बैठक अघि प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भदौ २६ पछि भएका सबै विवाद अन्त्य भएको घोषणा गर्दै त्यसकै आधारमा अघि बढ्ने सहमति भए अनुसार बैठकमा दुवै अध्यक्षले यसबारे ब्रिफिङ गरेको समेत एक नेताले बताए।

दुई अध्यक्षबीच भएको सहमितलाई ओली र प्रचण्डले स्थायी समितिलाई जानकारी गराएका छन्। अहिले बैठक जारी रहेको छ भने विभिन्न बिषयमा सदस्यहरूले धारणा राखिरहेका छन्।

ओली प्रचण्डले मंगलबार जारी भएको विवादास्पद अध्यादेश र विशेष अधिवेशन माग पनि फिर्ता गर्ने सहमति गरेको समेत बताइएको छ।