कांग्रेस शीर्ष नेताको बैठक जारी, के हुँदैछ बुढानिलकण्ठमा ? - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

कांग्रेस शीर्ष नेताको बैठक जारी, के हुँदैछ बुढानिलकण्ठमा ?



काठमाडौं- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि त्यसबारे छलफल गर्न नेपाली कांग्रेसको शीर्ष नेताहरु बैठक बसिरहेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक सुरु भएको बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन् । बैठकमा सरकारले ल्याएको नयाँ अध्यादेशको विषयमा छलफल भैरहेको र कांग्रेसको यस विषयमा प्रष्ट धारणा बनाइरहेको बताइएको छ ।

अध्यादेश जारी गरेपछि कांग्रेसका शीर्ष तहका नेताहरुले विरोध जनाएका छन् । यता नेकपाभित्रै प्रचण्ड–माधव नेपाल पक्षले आपत्ति जनाइरहेका बेला कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

मंगलबार बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेको देउवा अध्यादेश जारी भएपछि साँझको बैठकमा भने विरोध जनाउँदै सहभागी भएनन् ।