स्थायी समिति बैठक सुरू: ओली पनि सहभागी
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित छन् । बैठक भर्खरै सुरू भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।