प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीले राखे नयाँ शर्त - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

प्रचण्डसमक्ष प्रधानमन्त्री ओलीले राखे नयाँ शर्त



काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षबीच विवाद झनै चर्किएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्वन्धि अध्यादेशकै कारण उनीहरूको सम्बन्ध झनै जटिल मोडमा पुगेको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरूले विशेष अधिवेशन माग गर्दै शितल निवासमा हस्ताक्षर पठाएसँगै ओली झनै संकटमा परेको बुझिएको छ ।

यसबीच दुई अध्यक्षबीच भएको छलफल पनि निकै तिक्त बनेको बताइएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई कडा डाइलग दिएको बुझिएको छ । ओलीले शितलनिवास पठाएको हस्ताक्षर तत्काल फिर्ता गर्न प्रचण्डलाई आग्रह गरेको बुझिएको छ ।

ओलीले यदि त्यो हस्ताक्षर फिर्ता लिएमा अध्यादेश फिर्ता लिने बताएका छन् । प्रधानमन्त्री निवासमा भएको वार्तामा ओलीले प्रचण्डसँग नयाँ शर्त राखेका हुन्।

पार्टीको स्थायी कमिटी बैठक सुरु हुनुअघि भएको भेटमा प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए। जवाफमा ओलीले प्रचण्डलाई राष्ट्रपतिलाई विशेष अधिवेशन माग गर्न र त्यहाँ पठाएको हस्ताक्षर समेत फिर्ता लिन शर्त राखेको स्रोतले बताएको छ।