संसद अधिवेशन डाक्न नेताहरू शीतल निवास जाँदा फरार भए सचिव
काठमाडौं- नेपाली राजनीति झन नयाँ र जटिल मोडमा पुगेको छ । नेकपाका सांसदहरूले संसद्को हिउँदे अधिवेशन बोलाउने प्रयत्न शुरु गरेका छन् ।
बर्षे अधिवेशन चल्दाचल्दै सभामुखको जानकारीबेगर सरकारको एउटा चिठीका भरमा छ महिनाअगाडि रास्ट्रपतिद्वारा हठात स्थगित सँसदको हिउँदे अधिवेशन बोलाउने प्रयत्न शुरु गरेका हुन् ।
यसै प्रयोजनका निम्ति नेकपा स्थायी समिति सदस्यद्वय भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका छन् । तर त्यहाँका सचिव डा. हरि पौडेल भने मोबाइल बन्द गरेर आधा घण्टादेखि सम्पर्कबिहिन भएका छन् ।
यता बालुवाटारस्थित प्रधानमन्त्रीको च्याम्बरमा दुई अध्यक्षवीच गर्मागर्म बहस बिना निस्कर्श टुङ्गिएर स्थायी समिति बैठक शुरु भएको छ ।
प्रचण्डसहित पाँच भाइ सचिवालय सदस्यद्वारा प्रस्तुत प्रस्ताव फिर्ता नलिएसम्म आफू पार्टीको कुनै पनि बैठकमा सामेल नहुने प्रधानमन्त्रीको अडान जारी छ । उनको अनुपस्थितिमा स्थायी समिति बैठक शुरु भएको छ ।