ओलीको सन्देश लिएर गएका शंकर पोखरेललाई प्रचण्डले झपारेर पठाए - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

ओलीको सन्देश लिएर गएका शंकर पोखरेललाई प्रचण्डले झपारेर पठाए



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद झन् बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका कारण ध्रुविकरण झनै बढेको छ ।

विवादले उग्र रुप लिंदै जाँदा प्रधानमन्त्री ओलीमाथि झनै संकट निम्तिएको बेला उनीनिकट स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

अर्का अध्यक्ष ओलीको सन्देश लिएर पोखरेलले प्रचण्डलाई बुधबार विहान खुमलटारमा भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष प्रचण्ड कडा रूपमा प्रस्तुत भएको बताइएको छ । पोखरेलले दुई अध्यक्ष मिल्नुपर्ने बताउँदा प्रचण्ड भने झोक्किएका थिए ।

खुमलटार स्रोतका अनुसार प्रचण्डले ओलीलाई गलत बाटोमा लैजानमा तपाईँ लगायत केहि नेताको हात छ भन्दै झोक्किएका थिए । आफ्ना व्यक्तिगत स्वार्थका लागि ओलीलाई गलत सल्लाह दिएर एकपछि अर्को गलत बाटोमा हिड्न उत्प्रेरित गरेको भन्दै प्रचण्डले यस्ता खालका भेट र प्रस्तावको कुनै अर्थ नभएको बताएको स्रोतले दाबी गरेको छ ।

त्यसअवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशका विषयमा छलफल समेत भएको बताइएको छ।

प्रचण्डले पार्टी र संविधानमाथि कोहि नभएकाले यस्ता गलत कदमले ओली आफै संकटमा फस्दै गैरहेको र देशलाई समेत अफ्ठ्यारोमा धकेलेको बताएका थिए । पार्टी र नेताहरूसंग परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै प्रचण्ड निक्कै चिढिएका छन् ।