यसरी मनाईयो राष्ट्रिय झन्डा दिवस (तस्विर सहित) - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

यसरी मनाईयो राष्ट्रिय झन्डा दिवस (तस्विर सहित)



काठमाडौं- राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले राष्ट्रिय झन्डा दिवस भव्य रूपमा मानएको छ । हाम्रो सान हाम्रो स्वाभिमान राष्ट्रिय झन्डा हाम्रो पहिचान भन्ने मूल नाराका साथ माइतीघर मण्डलामा र्‍यालीसहित बृहत्‌ झन्डा दिवस मनाएको हो ।

कुनै जाति भूभाग र वर्णको हैन, यो देशको सान हो भन्दै २०७५ सालदेखि मनाउँदै आएको राष्ट्रिय झन्डा दिवस आज पनि भव्य र सभ्य रूपले मनाइएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।

पुस १ गतेका दिन संयुक्‍त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झन्डालाई औपचारिक रुपमा अंगीकृत गरिएको थियो दिनलाई राष्ट्रिय झण्डा दिवसको रूपमा स्मरण गर्दै नेपाली नागरिकलाई आफ्नो देशको झन्डालाई सम्मानका साथ फरफराउने तथा झन्डालाई सम्मान स्वरुप पुराना झन्डालाई फेर्ने दिनको रुपमा मनाउने गरेको माण्डव्यले सुनाए ।

राष्ट्रिय झन्डालाई विश्वसामु चिनाउन निरन्तर लाग्दै आएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।