सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद: देउवा - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद: देउवा



काठमाडौं- प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, ‘उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ!’