ओलीको खास सन्देश बोकेर नेम्वाङ पुगे प्रचण्ड निवास - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

ओलीको खास सन्देश बोकेर नेम्वाङ पुगे प्रचण्ड निवास



काठमाडौं- सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङ पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

पार्टीको विवादबीच प्रधानमन्त्रीले मंगलबार अध्यादेश ल्याएपछि फुटतर्फ एक कदम अघि बढेको नेकपामा तीब्ररुपमा राजनीतिक घट्नाक्रम घटिरहेका छन् । यसैबीच नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको संदेश बोकेर प्रचण्ड निवास खुमलटार पुगेका हुन्।

प्रचण्डलाई भेट्नुअघि नेम्वाङले प्रधानमन्त्री ओलीसँग लामो छलफल गरेको बुझिएको छ ।प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग खस बिषयमा छलफल गर्न संदेश दिएर नेम्वाङलाई खुमलटार पठाएको स्रोतले बताएको छ ।

एकातिर अध्यादेशले तर्साएर अर्कोतिर प्रचण्डसँग भेट्न पठाएको नेकपाका एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र र सरकारमा समेत जानकारी नदिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीभित्र र बाहिर समेत विवाद थप चर्किएको छ।

कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले अध्यादेश तत्काल खारेज गर्न माग गरिरहेका बेला प्रचण्डलाई भेट्न प्रधानमन्त्री निकट नेता नेम्वाङ खुमलटार पुगेका हुन्।