भित्र स्थायी कमिटि बैठक, बाहिर नारायणकाजीको राजीनामा माग्दै प्रदर्शन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

भित्र स्थायी कमिटि बैठक, बाहिर नारायणकाजीको राजीनामा माग्दै प्रदर्शन



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको विरोधमा बालुवाटारमा स्वतन्त्र युवाहरूले प्रदर्शन गरेका छन् । युवाहरूले आइतवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रवक्ता श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेका हुन्।

नेकपा नेता तथा संविधानसभा सदस्य कमान सिंह लामा प्रकरणमा छानबिनको माग पनि उनीहरुले गरेका छन् । सचिवालय तथा राष्ट्रियसभा सदस्य श्रेष्ठविरुद्ध स्वतन्त्र युवाहरुको नाममा प्रदर्शन गरिएको हो।

बालुवाटारमा स्थायी कमिटी बैठक बसेकै दिन प्रदर्शन गरी युवाहरूले प्रवक्ता श्रेष्ठले नेइतिकतको आधारमा राजिनामा दिनुपर्ने बताएका छन् ।

कमानसिंह प्रकरणमा प्रवक्ता श्रेष्ठले अढाई करोडभन्दा धेरै रकम खाइदिएको आरोप लागेको छ। कमानसिंहले पनि निधन हुनुअघि नारायणकाजीसहितका कारण आफ्नो जीवन बर्बाद भएको सामाजिक संजालमा उल्लेख गरेका छन्।

तर नारायणकाजीले भने आफूले कमानसिंहले जलविद्युतमा लगाएको सेयरको हिसाब मिलाउन मध्यस्थकर्ताको मात्रै भूमिका निर्वाह गरेको स्पष्टीकरण दिएका छन्।