सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलीय बैठक - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न सर्वदलीय बैठक



काठमाडौँ – आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । बैठकमा सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेबारे समेत छलफल हुने भएको छ ।

आज मंगलबार ११ बालुवाटारमा बोलाइएको सर्वदलीय बैठक मा यसका अलावा पछिल्ला राजनीतिक घटनाक्रम र राजावादीको आन्दोलनबारे पछि छलफल हुने बताइएको छ।

मंगलबार नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्दैछ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो ।

दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ ।