बुटबलको कलश होटेलमा गोली हानाहान - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बुटबलको कलश होटेलमा गोली हानाहान



बुटवल- तस्करहरुबीच बुटबलमा गोली हानाहान भएको छ । बुटवलको मिलनचोकमा रहेको कलश होटेलमा भएको गोली हानाहानमा एक जना घाइते भएका छन् ।

चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । होटलमा चार जना बसेकोमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार छन् । गोली लागेर राकेश न्यौपाने घाइते भएका छन् ।

भक्त बहादुर थापा र कर्ण बहादुर राउत पक्राउ परेका । उनीहरुको ठेगाना खुल्न सकेको छैन ।

उनीहरुको साथबाट प्रहरीले गैडाको एउटा खाक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

होटेलमा गैंडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाका आधारमा छापा मार्न पुगेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले बताए ।