‘मैले त्याग गर्छु भनेर सपना पनि नदेख्नु’
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा शनिवार चार घण्टा बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेपछि बैठक सकिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जानकारी दिए ।
सचिवालय बैठकमा घम्साघम्सीको वातावरण बनेको बताइएको छ । प्रधानमन्त्री ओली अन्य दिनभन्दा आजको बैठकमा रक्श्यात्मक बनेका थिए । उनी निकट मानिएका नेताहरूले पनि पहिले जस्तो उनको पक्षमा बहस गरेनन । तरपनि आफ्ना कुरा भने प्रधानमन्त्रीले बैठकमा खुलस्त राखे ।
बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावित स्थायी कमिटी बैठक बसाल्ने र सदस्यहरुलाई आफूहरु दुबैको प्रस्तावमाथि अध्ययनका लागि समय दिएर आफूहरु पनि गृहकार्यमा जुट्नुपर्ने प्रस्ताव गरेपछि भने प्रधानमन्त्री आक्रिषित बनेका थिए ।
त्यसपछिको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले ओलीले त्याग गर्छा भन्ने सपना नदेख्न चेतावनी दिएका थिए । त्याग गर्छु भन्ने कल्पना पनि नगर्न र त्यसका लागि कुनै पनि कसरत नगर्न प्रचण्ड-नेपाल समुहलाई उनले चेतावनी दिएका हुन् ।
शनिबारको सचिवालय बैठकको महत्वपूर्ण करिब साढे चार घण्टा भोलि निर्धारित स्थायी कमिटी बैठक बस्ने कि नबस्ने भन्नेमा ओली र उनको विरोधी समूहका सदस्यबीच विवाद भएको थियो।
बैठकमा चर्काचर्की हुन थालेपछि अध्यक्ष प्रचण्डले अब उठौँ भन्दै भोलिको बैठकमा भोलि एक बजे धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने बैठकको निर्णय भएको घोषणा गरे उनको निर्णयलाई रामबहादुर थापा बादल, ईश्वर पोखरेल लगायर पप्रचण्ड-नेपाल पक्षका सबैले समर्थन जनाएका थिए ।