चन्द्रमामा चीनको झण्डा - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

चन्द्रमामा चीनको झण्डा



एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा पहिले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो ।

वायु बिहीन चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्ष एजेन्सीले सार्वजनिक गरेको हो

च्याङ्ग’इ–५ अन्तरिक्ष यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार फर्किएको छ ।

अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँचवटा झण्डा चन्द्रमामा राख्न सफल भएको थियो ।