परराष्ट्रमन्त्री ज्ञवालीलाई भ्रमणमा बोलाउने भारत सरकारको तयारी - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

परराष्ट्रमन्त्री ज्ञवालीलाई भ्रमणमा बोलाउने भारत सरकारको तयारी



काठमाडौं- भारतले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारत भ्रमणमा बोलाउने तयारी गरेको छ । भारत सरकारका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका परराष्ट्रमन्त्रीलाई भारत भ्रमण गराउन मिति तय गर्ने गृहकार्य भइरहेको जानकारी दिएका थिए ।

नेपाल-भारत सम्वन्धमा सुधार आइरहेको विश्लेषण भैरहेका बेला प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो बताएका हुन् । भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा नेपालका परराष्ट्रमन्त्रीको भ्रमणको बारेमा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘नेपालका परराष्ट्रमन्त्रीलाई भ्रमणमा बोलाउन मिति तय हुँदैछ ।’

उनले भने, ‘हाम्रो भारतीय सचिवले हालै गरेको नेपाल भ्रमणको समयमा नेपालका परराष्ट्रमन्त्रीलाई संयुक्त आयोगको वैठकमा सहभागी हुन निमन्त्रणा दिनुभएको छ । अहिले मिति तय गर्ने गृहकार्य भइरहेको छ ।’

मन्त्री ज्ञवालीले डिसेम्बरको दोस्रो साता भ्रमण गर्नेगरी गृहकार्य भइरहेको छ ।