पुलिसको डण्डाले पेलेका मेरा करङ आज धेरै दुखे: रामचन्द्र पौडेल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पुलिसको डण्डाले पेलेका मेरा करङ आज धेरै दुखे: रामचन्द्र पौडेल



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् ।

तनहुमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई हिजो प्रहरीले नियन्त्रणमा लिएर तीन घन्टानपछि छोडेको थियो ।

पुल उद्घाटनमा जाँदा प्रहरीका डण्डाबाट पेलिएका आफ्ना करङ हिजो दिउँसो भन्दा साँझ बढी दुखेको र आज अझै दुखाइ बढेको उनले बताए ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले सामाजिक संजालमा लेखेका छन्, ‘हिजोभन्दा आज दुखाइ बढी छ।’

उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन्।

पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न नसकेको र असली लोकतन्त्र कहिले साकार हुने हो भन्ने चिन्ता बढेको बताएका छन् ।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।