देउवाको चेतावनी: पौडेललाई तत्काल नछोडे देशभर आन्दोलन - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

देउवाको चेतावनी: पौडेललाई तत्काल नछोडे देशभर आन्दोलन



काठमाडौं काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार सर्वसत्तावादको संकेत भएको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा भएको प्रदर्शनका क्रममा निषेधाज्ञा उलंघनको आरोपमा पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

यसबारे प्रतिक्रिया जनाउँदै देउवाले घटना आपत्तिजनक एवं निन्दनीय रहेको भन्दै सरकारको यसखालको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिने बताए ।

‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितीले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल माथि गरिएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

देउवाले विज्ञप्तिमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

सभापति देउवाले बुधबार अपरान्ह विज्ञप्ति निकालेर ‘नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत’ भनेका छन्।

घटना आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले सरकारको प्रवृत्तिविरूद्ध देशव्यापी प्रतिरोध गरिने बताएका छन्।