प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक



काठमाडौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको २ बजेका लागि बोलाईएको सचिवालय बैठक केहीबेर बसेर स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अनुपस्थितीका कारण बैठक स्थगित गरिएको हो । आगामी २० गतेसम्मका लागि बैठक स्थगित गरिएको र प्रधानमन्त्रीलाई समेत अनुवार्य उपस्थितिका लागि उर्दी जारी गरिएको छ ।

सचिवालयका अन्य सदस्यहरु बैठकमा प्रधानमन्त्री ओलीको प्रतिक्षा गरेका थिए भने प्रधानमन्त्रीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएर बैठकमा उपस्थित भएनन् ।

अहिले प्रधानमन्त्री निबास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको जनाइएको छ ।