केहीबेर बसेर स्थगित भयो नेकपाको सचिवालय बैठक - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

केहीबेर बसेर स्थगित भयो नेकपाको सचिवालय बैठक



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक केहीबेर बसेर मंसिर २० गते बस्ने गरी स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजका लागि सचिवालय बैठक बस्न सदस्यहरू उपस्थित भएका थिए। बैठक केहीबेर बसेको बताइएको छ।

अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको एक सचिवालय सदस्यले जानकारी दिए ।