प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने: बैठकको समय सारियो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने: बैठकको समय सारियो



काठमाडौं- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुने भएका छन् । ओलीपक्षीय नेता सुवासचन्द्र नेम्वाङले ओली आजको बैठकमा सहभागी हुने बताए ।

त्यस्तै आज १ बजे बस्ने भनिएको सचिवालय बैठक निर्धारित समयमा भने नहुने भएको छ ।प्रधानमन्त्रीसहित सबै नेताहरूको कार्यव्यस्तताका कारण बैठक केहीबेरका लागि सारिएको नेकपाका प्रवक्त्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘प्रधानमन्त्री पनि व्यस्त हुनुभयो। अरु नेताहरूको कार्यव्यस्तताका कारण बैठक केही बेरा ढिला हुने भएको हो’ उनले भने ‘तर केही समयपछि बैठक आजै बस्छ।’

मंगलबार बसेको बैठकमा यही मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम सुरु भएको थियो। त्यसकै लागि आज पनि बैठक बस्न लागेको हो।