अमेरिकी पाठ्यक्रमबाट बुद्ध भारतमा जन्मिएको गलत विवरण सच्याइयो - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

अमेरिकी पाठ्यक्रमबाट बुद्ध भारतमा जन्मिएको गलत विवरण सच्याइयो



काठमाडौँ- अमेरिकी पाठ्यक्रमबाट शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको गलत विवरण सच्याइएको छ । नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको पाठ्यक्रमबाट उक्त विवरण सच्याइएको हो ।

अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ।

समाजसेवी ज्ञानल थापाको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण जनाइएको छ ।

थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो। समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गरे।