केहि नेताको उन्मादका कारण नेकपा र गणतन्त्र संकटमा: गोकर्ण विष्ट - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

केहि नेताको उन्मादका कारण नेकपा र गणतन्त्र संकटमा: गोकर्ण विष्ट



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले केहि नेताहरूको उन्मादका कारण राजसंस्था सल्बलाएको बताएका छन् । उनले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादका कारण मशानघाटमा पुगेको राजतन्त्र जुर्मुराउन खोजेको बताएका हुन् ।

गुल्मीको धुर्कोट गाउँपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गर्दै नेता विष्टले नेकपाको विवाद र राजतन्त्र सल्बलाउनुमा पनि नेताहरूको उन्माद नै कारण रहेको बताएका छन् ।

लाखौँ नेपाली जनताको बलिदानीबाट स्थापित गणतन्त्र डगमगाउ नसक्ने बताउंदै विष्टले भने, ‘दलभित्रको खिचातानीको फाइदा उठाउन धमिलो पानीमा माछा मार्ने शक्ति सल्बलाए पनि नेपाली जनताको बलिदानीबाट स्थापित गणतन्त्र डगमगाउन सक्दैन ।’

केहि दिनदेखि गृहजिल्लामा विभिन्न कार्यक्रममा ब्यस्त रहेका नेता विष्टले देशको बागडोर सम्हालेका केही नेताहरुको उन्मादबिरुद्ध जनता उत्रिन आवस्यक रहेको समेत बताए ।

अस्पताल शिलान्यास कार्यक्रममा प्रदेश सासद तथा नेकपाका केन्द्रिय सदस्य दिनेश पन्थी र धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले समेत आफ्नो भनाई राखेका थिए ।