शनिबार काठमाडौंको तापक्रम सबैभन्दा कम - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

शनिबार काठमाडौंको तापक्रम सबैभन्दा कम



काठमाडौं- काठमाडौंमा शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिको छ । शनिबार बिहान काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम एकैदिन ३.५ डिग्रीले घटेको हो ।

राति देशभरीकै मौसम सफा भएकाले बिहान देशभर तापक्रम घटेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार राति मौसम सफा भए बिहानको तापक्रम घट्छ । तर राति बादल लागे बिहानको तापक्रम बढ्छ ।

‘राति बादल लाग्दा जमिन चिसिन पाउँदैन त्यही भएर बिहानको तापक्रम घट्दैन तर राति मौसम खुला भए जमिन पनि चिसिएर तापक्रम घट्छ’, उनले भने

केही दिन यता देशका पहाडी क्षेत्रको मौसम बदली गराएको प्रणाली हटेकाले अबको केही दिन देशभरी कै मौसम सफा रहने उनको भनाइ छ । मौसम सफा भएसँगै देशभरी नै अझै चिसो बढ्नेछ ।