गुल्मी जीप दुर्घटना: पाँच जनाको मृत्यु, दुई गम्भीर (विवरण सहित) - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

गुल्मी जीप दुर्घटना: पाँच जनाको मृत्यु, दुई गम्भीर (विवरण सहित)



गुल्मी – गुल्मीमा एकाबिहानै जीप दुर्घटना भएको छ । जिल्लाको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको भने दुई जना गम्भीर घाइते भएको जनाइएको छ ।

इस्मा-४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो ।

मृत्यु हुनेमा इश्मा- ४ हुलका डम्बर बहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सरस्वती दर्लामी र फर्सु थापाको अवस्था गम्भीर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको छ।

ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। दुर्घटना बिहान ७:२० बजेतिर भएको थियो । दुर्घटनामा जीप भिरबाट ४ सय मिटरभन्दा तल खसेको र चालक सकुसल रहेको कार्कीले बताए।

फाइल तस्बिर