कांग्रेस नेताहरुले विदेश सचिवसँग सीमा विवादको कुरै गरेनन् - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

कांग्रेस नेताहरुले विदेश सचिवसँग सीमा विवादको कुरै गरेनन्



काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा भएको भेटमा कांग्रेसका शिर्ष नेताहरू सहभागी थिए । भेटवार्तामा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्वराजदूत दिनेश भट्टराई सहभागी थिए ।

विदेश सचिव श्रृंगला कांग्रेस नेताहरुलाई भेट्न विहीबार साँझ सभापति देउवा निवासमा पुगेका थिए । करिब आधा घण्टा चलेको भेटवार्ता औपचारिकतामा सीमित भएको थियो ।

भेटवार्तामा सीमा विवादको विषयमा कुनैपनि कुराकानी नभएको एक नेताले बताए । तर नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको ति नेताले जनाए ।

सभापति देउवाले नेपाली कांग्रेस सबै छिमेकीसँग राम्रो सम्बन्ध राख्न चाहेको बताउँदै कांग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको बताएका थिए ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव श्रृंगला दुईदिवसीय भ्रमणका लागि बिहीबार बिहान काठमाडौं आएका थिए । उनले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र परराष्ट्रसचिव भरतराज पौडेलसँग पनि भेटवार्ता गरेका थिए ।