विष्णु पौडेल भन्छन: ओली-देउवाबीच सहकार्यको कुरा भएको हो - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

विष्णु पौडेल भन्छन: ओली-देउवाबीच सहकार्यको कुरा भएको हो



काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलले पार्टीभित्र मर्यादाका सीमा नाघेर अन्तर्विरोध चर्किएको बताएका छन् ।

प्रेस संगठन नेपालले बुटवलमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले जस्तो अन्तर्विरोध चर्किए पनि पार्टी विवाद समाधान गर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल संवैधानिक प्रबन्धअन्तर्गत भएको बताए ।

यसलाई अन्यथा लिन नहुने उनले जिकिर गरे । ओली-देउवाबीचको भेटघाटमा सत्तासमीकरणको बारेमा कुरा नभएको बरु सहकार्यको कुरा भएको बताए ।

उनले प्रधानमन्त्रीसँग बहुमत गुमिनसकेकाले सत्ता समीकरणका विषयमा प्रतिपक्षीसँग विषय प्रवेश नै नभएको पनि बताए ।