प्रचण्डको राजनीतिक प्रतिवेदन सातै प्रदेशमा पठाइयो - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रचण्डको राजनीतिक प्रतिवेदन सातै प्रदेशमा पठाइयो



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिँदै जाँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले जनताको बहुदलीय जनवादमाथि सैद्धान्तिक छलफल अगाडि बढाइरहेको बेला अर्को समूहले भने राजनीतिक प्रतिवेदनलाई सातै प्रदेशमा पठाएको छ ।

माधव नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव सात वटै प्रदेशमा पठाएको हो । दाहालको प्रस्तावलाई अर्का अध्यक्ष ओलीले जवाफ लेख्न समय मागेका छन् । मंसिर १३ गते नेकपाको सचिवालय बैठक बस्दैछ ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव सबै स्थानीय तहका कार्यमाझ पुग्ने गरी सात वटै प्रदेशमा पठाइएको हो । ‘हामी व्यक्तिगत गालीगलौजभन्दा राजनीतिक/वैचारिक छलफल होस् भन्ने चाहन्छौं,’ दाहाल समूहका एक नेताले भने, ‘यसबाट कोही पनि भाग्नु हुँदैन ।’

पछिल्लो समय ओली समूहको गतिविधिले दाहाल-नेपाल समूह सशंकित बनेको छ । दुवैपक्षले आ-आफ्नो तयारी बाक्लो बनाउँदै लगेको छ ।