अहिले कांग्रेस सरकारमा जान्न: कांग्रेस प्रवक्ता - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

अहिले कांग्रेस सरकारमा जान्न: कांग्रेस प्रवक्ता



काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापतिसँग सत्ता साझेदार गर्न प्रस्ताव राखेको भन्दै खबर बाहिरिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारमा जाने भ्रममा नपर्न आग्रह गरेका छन्।

ट्वीट मार्फत् धारणा सार्वजनिक गर्दै शर्माले लेखेका छन्, ‘कांग्रेसलाई ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ। अतः कुनै पनि भड्कावबाट टाढा रहनेछौं।’

उनले नेकपाको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको भन्दै नेपाली कांग्रेस नरपेक्ष रहेको बताएका छन्। उनले भनेका छन्– ‘यता र उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्।’