हिन्दूराष्ट्र र राजसंस्था माग्दै धनगढीमा विशाल प्रदर्शन - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

हिन्दूराष्ट्र र राजसंस्था माग्दै धनगढीमा विशाल प्रदर्शन



धनगढी- कैलाली सदरमुकाम धनगढीमा हिन्दू राष्ट्र र राजसंस्थाको पक्षमा विशाल प्रदर्शन भएको छ। राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा प्रदर्शन भएको हो।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निश्केको र्‍याली कैलालीकै अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोण सभामा परिणत भएको बताइएको छ ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा निष्केको जुलुस तथा र्‍यालीमा सयौँ युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रदर्शन गरिएको आयोजकले बताएका छन् ।

प्रदर्शनमा सहभागीले ‘राजा ल्याऊ, देश बचाऊ’ भन्दै नारा लगाएका छन्।