पार्टी मिलाउन मन्त्री पद छोड्न तयार छु: पर्यटनमन्त्री भट्टराई - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पार्टी मिलाउन मन्त्री पद छोड्न तयार छु: पर्यटनमन्त्री भट्टराई



वीरगञ्ज- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन आफू मन्त्री पद छोड्न तयार रहेको बताएका छन्।

बिहीबार नेकपा पर्साको कार्यालयमा नेता तथा कार्यकर्ताहरुसँगको भेटमा नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले आफूले छोड्दा पार्टी एकताबद्ध हुन्छ भने त्याग गर्न तयार रहेको बताएका हुन्।

‘पार्टीभित्र केही समस्या देखिएको छ, विभाजनका संकेत देखापरेका छन्,’ उनले भने,‘यदि पार्टीलाई एकताबद्ध बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने हो भने म मन्त्री पद छोड्न तयार छु। हामी सबै तयार हुनु पनि पर्छ।’

पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने त्यसलाई जिम्मेवारी जिम्मेवारी बाँडफाँट गरेर मिलाउन सकिने उनले बताए। मन्त्री भट्टराईले पार्टी फुट्ने वा जुट्ने अरु कुनै शक्तिकेन्द्रको हातमा नभई नेता कार्यकर्ताको हात रहेको बताए।