पौडेलको प्रस्तावले नेकपामा तरंग: केहि नेता ससंकित, जनार्दनले गरे स्वागत - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

पौडेलको प्रस्तावले नेकपामा तरंग: केहि नेता ससंकित, जनार्दनले गरे स्वागत



काठमाडौं – लामो रस्साकस्सीपछि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीका महासचिव विष्णु पौडेलले राखेको प्रस्तावले नयाँ तरंग ल्याएको छ ।

पार्टीलाई रूपान्तरण गर्न र दोस्रो पुस्तालाई अवसर दिनेगरी पौडेलले आफूहरू सबै असफल भएकोले सबैले सचिवालयबाट राजिनामा दिनुपर्ने प्रस्ताव ल्याएपछि नेकपाकै केहि नेताहरू ससंकित बनेका छन् भने कहिले उनको प्रस्तावको स्वागत गरेका छन् ।

पौडेलले ल्याएको प्रस्तावबाट ससंकित बन्दै सचिवालय सदस्य ईश्वर पोखरेल र स्थायी कमिटि सदस्य शंकर पोखरेलले तत्काल प्रतिक्रिया जनाएका थिए । तर केहि नेताहरूले भने उनको प्रस्ताव पार्टी रुपान्तरणका लागि भएको भन्दै स्वागत गरेका छन् ।

यस्तै पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले महासचिव पौडेलको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्तावको स्वागत गरेका छन् । बिहीबार ट्वीटरमार्फत नेता शर्माले उनको प्रस्तावको स्वागत गरेका हुन्

उनले बुधबार बसेको सचिवालयको बैठकमा पार्टीका आम कार्यकर्ताको भावना पहिलो पटक व्यक्त भएको बताएका छन् । उनले पार्टीभित्रका विषयलाई सत्यतथ्य रुपमा संस्थागत रुपमा बोल्नुपर्ने बताएका छन् ।

‘सचिवालयमा पार्टीका आम कार्यकर्ताको भावना हिजो पहिलो पटक व्यक्त भयो । महासचिव कमरेडलाई धन्यवाद । बाँकी सबै सत्य संस्थागत रूपमा बोल्न जरूरी छ । अब ढुंगामाथि पानी पर्यो रुझ्यो मात्र भिजेन… सँग कुरा गर्यो सुन्यो मात्र बुझेन को अवस्था अन्त हुनेछ’, उनले भनेका छन् ।

हिजाको बैठकमा महासचिव पौडेलले सचिवालय सदस्यहरुको सामूहिक राजीनामाको प्रस्ताव गरेका थिए ।उनले सबै सदस्यहरु पार्टीको संकट निवारणमा असफल भएको भन्दै सामूहिक राजीनामा दिन आग्रह गरेका थिए ।

‘पार्टीको विवाद हल गर्न नसक्ने भए हामी नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिऔं । स्थायी समिति बैठकमा नयाँ पुस्तालाई सचिवालयमा ल्याउन प्रस्ताव लैजाऔं,’ उनले भने ।