महासचिव पौडेल सक्रिय: प्रचण्डपछि वामदेवसंग गरे छलफल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

महासचिव पौडेल सक्रिय: प्रचण्डपछि वामदेवसंग गरे छलफल



काठमाडौं – नेकपा दुर्घटनाको संघारमा रहेको चर्चा चलिरहेकै बेला अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल सक्रिय बनेका छन् ।

बुधबार बिहानै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका पौडेलले उपाध्यक्ष वामदेव गौतमलाई भेटेर लामो छलफल गरेको स्रोतले जनाएको छ ।

पार्टीभित्र उत्पन्न भएको विवादका विषयमा छलफल गर्न पौडेल र गौतमले भेटवार्ता गरेको बुझिएको छ । बुधबार १ बजेको लागि डाकिएको पार्टी सचिवालय बैठक टार्न अनेक प्रयत्न गरेका प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सोहि समयमै मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेपछि एकाएक तरंगित भएको नेकपाको माहोल साम्य पार्न विभिन्न नेताहरू सक्रिय बनेका छन् ।

महासचिव पौडेलले मंगलवार अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेपछि लगत्तै गौतमलाई भेटेर पार्टीमा देखिएको विवादबारे छलफल गरेको स्रोतले जनाएको छ ।

केही समयदेखि नेकपामा उग्र विवादको अवस्था सिर्जना भएको छ । नेकपाका दोस्रो तहका नेताहरूले पार्टी फुटको संघारमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।