नेकपामा संकट गहिरिएको बेला भिम रावलले गरे यस्तो आह्वान - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

नेकपामा संकट गहिरिएको बेला भिम रावलले गरे यस्तो आह्वान



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किएको बेला स्थायी कमिटी सदस्य तथा नेता भिम रावलले पार्टी फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आह्वान गरेका छन् ।

सामाजिक संजालमा लेख्दै नेता रावलले पार्टी भित्रको अहिलेको समाधान नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना भएको बताएका छन् ।

उनले बैठकबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

उनले लेखेका छन् –

नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।