ट्राफिक जामबाट जनताले सास्ती खेप्नुपरेको भन्दै बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

ट्राफिक जामबाट जनताले सास्ती खेप्नुपरेको भन्दै बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण



काठमाडौं- ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार नागरिक उड्ययन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको हो ।

प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो। बेलुकी पनि बालुवाटारमै हेलिकोप्टर अवतरण गराइएको थियो।

अब बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन।