चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सरकारको निर्णय - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने सरकारको निर्णय



काठमाडौं- सरकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले केसीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्वीट गरेर जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

केसीलाई बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। केसीको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।