विष्णु पौडेलले बोलाए सचिवालय बैठक - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

विष्णु पौडेलले बोलाए सचिवालय बैठक



काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।

पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक डाकेका हुन्।

यसअघि पार्टीको प्रचण्ड–नेपाल समूहका बहुमत (पाँचजना) सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।

कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा बालुवाटार पुगेका नेताहरुले ओलीलाई लिखित पत्र बुझाएका हुन्।

प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो।

तर महासचिव पौडेलले दुवै अध्यक्षसँगको परामर्शका आधारमा एक दिन ढिलो शुक्रबारका लागि बैठक डाकेका हुन्।

लामो विवादपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः शुक्रबार चार बजे पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाउन सहमत भएका हुन्।

प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुलाई यसबारे जानकारी गराएका हुन्।

त्यसलगत्तै अर्का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीविरुद्धको आफ्नो समूहलाई बैठकबारे जानकारी गराएका छन्।

नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुक्रबार चार बजे केन्द्रीय सचिवालय बैठकको औपचारिक बैठक बस्ने बताए।

त्यो भन्दा अघि दुई अध्यक्षबीच छलफल हुन्छ भन्ने प्रश्नमा त्यसबारे आफूलाई जानकारी नभएको खनालले बताए।

आफूलाई कार्यकारी अध्यक्ष प्रचण्डबाट खबर आएको उनको भनाइ छ।