बाइडेनले भने: ट्रम्पको कदम लज्जास्पद, उनीहरूले जनवरीमा मलाई चिन्नेछन - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

बाइडेनले भने: ट्रम्पको कदम लज्जास्पद, उनीहरूले जनवरीमा मलाई चिन्नेछन



काठमाडौँ- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा भएको हार स्वीकार नगर्नु ‘लज्जास्पद’ विषय भएको टिप्पणी गरेका छन्।

अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा बाइडेनले बहुमत ल्याइसकेका भए पनि धाँधलीको आरोप लगाउँदै ट्रम्पले कानुनी लडाइँ लड्ने र सत्ता नछाड्ने अडान लिइरहेका छन्।

यसै सन्दर्भमा ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नमा बाइडेनले यसले राष्ट्रपतिको गरिमा नजोगाउने प्रतिक्रिया दिएका हुन्।

बीबीसीका अनुसार आगामी जनवरी २० तारिखका दिन ट्रम्पले यसको बोध गर्ने चेतावनी पनि बाइडेनले दिएका छन्।

‘मलाई लाग्छ यो सबै कुराको बोध जनवरी २० तारिखमा हुने छ,’ बाइडेनले भने, ‘रिपब्लिकन दल (ट्रम्पको पार्टी) का सिनेटरले छिट्टै आफ्नो (बाइडेनको) जितको पहिचान गर्नेछन्।’

अमेरिकामा नयाँ राष्ट्रपतिले जनवरी २० तारिख कार्यभार सम्हाल्ने चलन छ।