प्रधानमन्त्री ओली किन जाँदैछन् संखुवासभा ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

प्रधानमन्त्री ओली किन जाँदैछन् संखुवासभा ?



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका निरीक्षण्का लागि जाँदैछन् ।

प्रधानमन्त्री ओली विहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका-१ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले झण्डै एक वर्षअघि त्यहाँ स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन सँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

संखुवासभा पुगेका बेला प्रधानमन्त्री ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनसमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली बुधबार दिनभर संखुवासभामा रहने छन् । सचिवालयका अनुसार बिहान ८ बजेदेखि दिउँसो साढे ३ बजेसम्मका लागि कार्यक्रम तय भएका छन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र केही सांसद पनि संखुवासभा जाँदैछन् ।