खतिवडाले पुस्तकमा लगाएको कर विष्णु पौडेलले हटाए - Himal Post Himal Post
  • १ फाल्गुन २०८१, बिहीबार
  •      Thu Feb 13 2025
Logo

खतिवडाले पुस्तकमा लगाएको कर विष्णु पौडेलले हटाए



काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका निर्णयहरू एकपछि अर्को गर्दै उल्टिन थालेका छन् । त्यतिखेर निकै चर्चा र विरोधको बिषय बनेको पुस्तकमा कर लगाउने निर्णय अहिले भने सरकारले फिर्ता लिएको छ ।

रमाइलो त के छ भने प्रधानमन्त्री ओलीला प्रिय पात्र समेत रहेका खतिवडाले गरेको पुस्तकमा कर लगाउने निर्णय प्रधानमन्त्री ओलीकै अर्का प्रियपात्र हालका अर्थमन्त्री विष्णु पौडेलले हटाउन प्रस्ताव गरेका थिए ।

सरकारले पुस्तकमा लगाइँदै आएको कर हटाउने निर्णय गरेको हो । पूर्वअर्थमन्त्री युवराज खतिवडाले पुस्तक आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने निर्णय लिएका थिए ।

तर सो निर्णयको विरोध हुँदै आएकोमा अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कर हटाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

यसैगरी कोरोनाभाइरसविरुद्धको खोप आयातका लागि प्रक्रिया थाल्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यसका लागि अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित एक समिति गठन गरिएको ती मन्त्रीको भनाइ छ ।