विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त



काठमाडौं- नेपाल विद्युत प्राधिकरणका को निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।

ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।

ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताएका छन् ।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो।

त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए।

अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।