शंकर पोखरेलको चेतावनी: सहमतिबाट बाहिर गए एकता विरुद्धको खेल हुनेछ - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

शंकर पोखरेलको चेतावनी: सहमतिबाट बाहिर गए एकता विरुद्धको खेल हुनेछ



काठमाडौं- नेकपा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वलाई एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा बाहिरबाट जित्ने कोशिश गरे एकता विरुद्धको खेल हुने चेतावनी दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै एउटै डुंगामा छौं भन्ने हेक्का राख्ने र एक अर्कोको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने सूत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहित भएको उल्लेख गरेका छन्।

“एकताको मर्म र भावना विपरीतको खेलले कसैलाई जित्न दिंदैन। एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमतिभन्दा बाहिरबाट जित्ने कोशिश एकता विरुद्धको खेल सावित हुनेछ”, उनले भनेका छन्। 

सचिवालयका सदस्यहरूलाई  विवाद र कटुता बिर्सेर एकताको बाटोतर्फ फर्कन उनले आग्रह गरेका छन्। आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै भएको उल्लेख गर्दै उनले सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन भएकोमा जोड दिएका छन्।

स्थायी समिति बैठकका निर्णय इमानदारीसाथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न सचिवालयका सदस्यलाई नेता पोखरेलको आग्रह छ।