बाइडेनले भने: 'अमेरिकीको हृदयमा प्रजातन्त्र ढुकढुक गर्छ भन्ने प्रमाणित भयो' - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

बाइडेनले भने: ‘अमेरिकीको हृदयमा प्रजातन्त्र ढुकढुक गर्छ भन्ने प्रमाणित भयो’



एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिका विजयी हुने सुनिश्चितजस्तै भएपछि जो बाइडेनको चुनावी प्रचार समूहले आफ्नो अभियान समाप्त भएको जनाएको छ ।

‘अमेरिकी जनताले म र उपराष्ट्रपति कमला ह्यारिसलाई गरेको विश्वासले म सम्मानित र खुसी भएको छु । अनपेक्षित अवरोधहरुको समयमा किर्तिमानी संख्यामा अमेरिकीहरुले भोट खसालेका छन् ।

यसले अमेरिकीहरुको हृदयमा प्रजातन्त्र गहिरोसँग ढुकढुक गर्छ भन्ने फेरि एकपटक प्रमाणित भइरहेको छ,’ प्रचार समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ अभियान समाप्त भएको छ ।

यो समय क्रुर बोली र आक्रोशलाई हाम्रो पछाडि छाड्ने र देशका रुपमा एकजुट हुने समय हो । यो अमेरिकालाई एकत्रित गर्ने र निको बनाउने समय हो । हामी संयुक्त राज्य अमेरिका हौं । र, यदी हामीले एकसाथ गर्यौं भने हामीले गर्न नसक्ने केही छैन ।’

२० इलेक्टोरल मतसंख्या रहेको पेन्सिलभेनियामा बाइडेन विजयी भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उनको विजय सुनिश्चित भएको प्रोजेक्सन गरेका हुन् ।

अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक छ, बाइडेनको पक्षमा योभन्दा धेरै मत आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बीबीसी, फक्स न्युज, सिएनएन, एशोसियट प्रेसलगायतको प्रक्षेपण छ ।